गएराति काठमाडौँ केन्द्रबिन्दु भएको परकम्प

इनेप्लिज २०७२ साउन ७ गते १२:२४ मा प्रकाशित

vukampaकाठमाडौँ, ७ साउन । गएराति १० बजेर १४ मिनेट जाँदा काठमाडौँ केन्द्रबिन्दु भएको ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मङ्गलबार बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।

काठमाडौँ केन्द्रबिन्दु भएर परकम्प गएपछि उपत्यकामा यसको ठूलो धक्का महसुस गरिएको थियो । कतिपय ठाउँका बासिन्दा परकम्पको घन्टौँसम्म पनि घरबाहिर खुल्ला ठाउँमा बसेका थिए । भूकम्प गएको तीन महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रूपमा कम हुँदै गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया