ट्राफिक नियम उल्लङ्घन गर्दा रु पौने दुई करोड बढी जरिवाना
सुरुङ्गा (झापा), ७ साउन । झापामा ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
आव २०७१/७२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ५० हजार दुई वटा साना ठूला सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लेङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दा रु एक करोड ८९ लाख ९२ हजार ८०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन आचार्यले जानकारी दिनुभयो ।
अघिल्लो आव २०७०/७१ मा ४२ हजार १७७ वटा मात्र साना ठूला सवारीसाधन कारबाहीमा परेका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । यता आव २०७१/७२ मा सवारी दुर्घटनामा परी ६७ जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न सडकखण्डमा भएका १४४ वटा दुर्घटनामा परी उनीहरुको ज्यान गएको बताइएको छ । सोही दुर्घटनामा परी २५१ घाइते भएको प्रहरीले जनाएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया