खोटाङको उत्तरी क्षेत्रमा नमस्ते मोबाइल सेवा
खोटाङ, ६ साउन । जिल्लाको उत्तरी क्षेत्रमा पहिलोपटक नमस्ते मोबाइल सेवा सञ्चालन भएको छ ।
नेपाल टेलिकमले फेदी–९ मा ९०० मेगाहर्जको एसडिआर जिएसएम मोबाइल बिटिएस जडान गरेपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाविसमा नमस्ते मोवाइल सेवा सञ्चालन भएको हो ।
टेलिकमको रु चार करोडभन्दा बढी लागतमा सोलार प्यानेलसहितको टावर जडान गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख भरोषी साहले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्तरी क्षेत्रमा पर्ने दश गाविसलाई लक्षित गरेर टावर जडान गरेका हौँ तर यसले खोटाङको डेढ दर्जनभन्दा बढी र भोजपुरको पनि केही गाविसमा राम्रो काम गरेको छ ।”
जिल्लाको दुर्गम क्षेत्र मानिने फेदी गाविसमा टावर जडान गरिएपछि उत्तरी क्षेत्रका हजारौँ सेवाग्राहीले एकसाथ कुरा गर्न पाएका छन् । सबै प्रकारका टेलिफोन सेवाको पहुँच नभएको त्यस क्षेत्रमा नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि भएको टेलिकमले जनाएको छ ।
टावर जडान भएपछि डेढ/दुई घन्टा धाएर फोन गर्न जानुपर्ने समस्या हटेको खार्मी–५ का हर्कराज राईले बताउनुभयो । एमाले गाउँ पार्टी अध्यक्षसमेत रहनुभएका राईले भन्नुभयो, “हरेक बैठक तथा पार्टीको काम घरैमा बसीबसी गर्न पाइएको छ, यसले गर्दा फोन गर्न जानआउन लाग्ने समयको समेत बचत भएको छ ।”
फेदी, पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डे गाविसका उपभोक्तालाई लक्षित गरेर जडान गरिएको टावरले आसपासका अन्य गाविसका साथै भोजपुरका केही गाविसमा समेत सहज रुपमा सेवा दिएको टेलिकमले जनाएको छ । टावर सञ्चालनका लागि स्थानीय जलविद्युत् आयोजनाबाट विद्युत् उपलब्ध गराएको छ भने विकल्पमा सोलार प्यानेलसमेत जडान गरिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया