मंगलबार, साउन १२ २०७८
काठमाडौं ०३:३७
वासिङटन डिसी 17:52

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

इनेप्लिज २०७२ साउन ५ गते ५:०३ मा प्रकाशित

accident-signसप्तरी, ५ साउन । सप्तरीको छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको आज मृत्यु भएको छ ।

जिल्लाको बभन्नगामाकट्टीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने कोलाडीमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् ।

सर्पको टोकाइबाट मृत्यु हुनेमा सप्तरीको बभन्नगामाकट्टी गाविस–२ मंसापर निवासी १३ वर्षीय विष्णुकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई घरमा सुतेका बेला विषालु सर्पले टोकेको थियो ।

यस्तै जिल्लाको कोलाडी–८ बस्ने पङ्कज यादवकी १८ वर्षीया श्रीमती सीता यादवले आफ्नो घरमा कोही नभएको मौका छोपी सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवैको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया