आठ हजार सुझाव संविधानसभा सचिवालयमा आयो
काठमाडौँ, ४ साउन । नेपालको संविधान, २०७२ को मस्यौदाको सुझाव सङ्कलनको सम्पूर्ण तयारी भएको छ । संविधानसभा सचिवालयका अनुसार मुलुकभरका २४० वटै निर्वाचन क्षेत्रमा सभासद् तथा कर्मचारीले आवश्यक तयारी पूरा गरिसकेका छन् ।
जनमत सङ्कलनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण सुरक्षाको प्रबन्ध गरिसकेको सचिवालयलाई जानकारी गराएका छन् ।
सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार सम्पूर्ण निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको आवश्यक तयारी पूरा भइसकेको छ । जनताले स्वतः स्फूर्तरुपमा सुझाव दिनसमेत सुरु गरिसकेका छन् ।
स्थानीयले सभासद् तथा संविधानसभा सचिवालयका कर्मचारीलाई प्रत्यक्षरुपमा पनि सुझाव दिएका छन् भने कतिपय स्थानमा आफ्नो मत दिनका लागि मस्यौदासमेत नपाएको गुनासो गरेका छन् । सचिवालयले मस्यौदा नपुगेको स्थानमा गोरखापत्र, मस्यौदाको विशेषता र कुनै न कुनै माध्यमबाट मस्यौदामा चासो राखेर आफ्ना सुझाव दिन आग्रह गरेको छ ।
मुलुकका विभिन्न स्थानबाट मस्यौदा नपाएको, बाढी पहिरोका कारण मस्यौदा नपाएको गुनासो बढेपछि सचिवालयले सो आग्रह गरेको हो । हिमाली तथा पहाडी क्षेत्रका लागि गृह मन्त्रालयले हेलिकोप्टरबाट सभासद् तथा कर्मचारीलाई यसअघि नै सम्बन्धित क्षेत्रमा पु¥याइसकेको छ भने सडकबाट पनि सम्बन्धित क्षेत्रमा सभासद् पुगेर आवश्यक तयारी गरिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल) र केही मधेसवादी दलले भने जनमत सङ्कलन प्रक्रियालाई बहिष्कार गरेका छन् ।
शान्तिपूर्ण तथा मर्यादित तवरले संविधानमा आफ्नो सुझाव दिन र आफ्नो धारणा बिना हिच्किचाहट राख्न सचिवालयले आम नागरिकमा आग्रह गरेको छ ।
आठ हजार बढी सुझाव प्राप्त
संविधानसभा सचिवालयका अनुसार हालसम्म आठ हजार बढी सुझाव प्राप्त भएको छ । इमेलमार्फत दुई हजार ५०० सुझाव प्राप्त भएको छ भने सुझाव सङ्कलनका लागि सचिवालयले स्थापना गरेको टोल फ्रि नम्बरमा एक हजार ६०० सुझाव प्राप्त भएको छ ।
यस्तै फ्याक्सबाट २५० र सचिवालयमै आएर ५० वटा सुझाव दिएका छन् । यस्तै बेवसाइटमार्फत तीन हजार ८०० सुझाव प्राप्त भएको छ । सोमबार सचिवालयमा सुझाव बुझाउनका लागि एक दर्जन हाराहारीका विभिन्न सङ्घ संस्थाले समय मागेको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया