कार्यालय सहायकको भरमा पशु चेकपोस्ट सञ्चालित
पथरी (मोरङ), २ साउन । पशु क्वारेनटाइन विराटनगरले सञ्चालन गरेको पशु चेकपोस्ट कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।
सीमा प्रहरी चौकी नजिकै रहेको रानी पशु चेकपोस्टमा पशु चिकित्सक नहुँदा कार्यालय सहायकको भरमा सञ्चालन भइरहेको छ । भारतका विभिन्न जिल्लाबाट जोगवनी भन्सार नाका हँुदै विराटनगर ल्याइने पशुको स्वास्थ्य जाँचका लागि सो चेकपोस्ट राखिएको हो । तर कार्यालयमा चिकित्सक नबस्दा कार्यालय सहायक होमनाथ खतिवडाले सबै काम गर्दै आउनुभएको छ ।
सो कार्यालयमा औषधि र सुइँ राख्ने फ्रिजसमेत बिग्रिएको छ । सो चेकपोस्टबाट चेक पास भएपछि मात्र विराटनगर भन्सार कार्यालयले पशुको भन्सार लिने गरेको छ तर कार्यालय सहायकले पशुको अवस्था हेरेर पशुको स्वास्थ्य ठीक भएको कागज बनाएर कार्यालयका प्रमुख कहाँ हस्ताक्षर गर्न पठाउने गरेको कार्यालय सहायक खतिवडाले बताउनुभयो ।
सो आधारमा व्यापारीले भन्सार बुझाउने गरेका छन् । भारतको बथनाहाबाट मासुखान आयात गरिने खसी जाँचमा कार्यालय सहायकको भरपर्दा उपभोक्ताले शुद्ध मासु खान नपाएको उपभोक्ता मञ्चका अध्यक्ष मोहन भट्टराईले गुनासो गर्नुभयो ।
विराटनगर पशु क्वारेनटाइनका कार्यालय प्रमुख डा फेकनलाल सहासँग सो विषयमा बुझ्न खोज्दा उहाँले केही भन्न चाहनु भएन ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया