पुस्तकालय खोल्न सरकारी अनुदान
बागलुङ, २ साउन । गुणस्तरीय शिक्षामा सहयोग पुर्याउन जिल्लाका १५ विद्यालयले यो वर्ष पुस्तकालय स्थापना गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयको अनुदान सहयोगमा ती विद्यालयले पुस्तकालय खोलेका हुन् । पुस्तकालय स्थापनाका लागि प्रतिविद्यालय रु एक लाखका दरले अनुदान दिइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सात वटा उच्च मावि र आठ वटा माविले अनुदान पाएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताउनुभयो । कार्यालयले बर्सेनि पुस्तकालय स्थापनाका लागि विद्यालयलाई अनुदान दिँदै आएको छ ।
यो वर्ष अनुदान पाएर पुस्तकालय स्थापना गर्नेमा सरस्वती उच्च मावि दुदिलाभाटी, सुन्तलाचौर उच्च मावि दमेक, लेखानी उच्च मावि लेखानी, हरि उच्च मावि हिल, लक्ष्मी उच्च मावि धम्जा, जनकल्याण उच्च मावि छिस्ती र त्रिभुवन उच्च मावि पैयूँपाटा रहेका छन् ।
त्यस्तै मावितर्फ तित्याङ मावि तित्याङ, धुल्लुलिउवा मावि धुल्लुबास्कोट, ज्ञानोदय मावि बोवाङ, प्रकाश मावि खुङ्गा, भुजी मावि अधिकारीचौर, अर्गल मावि अर्गल, सल्यान सुखौरा मावि सल्यान र किटेनी मावि रणसिंहकिटेनी रहेका छन् । “पुस्तकालय निर्माण, पुस्तक, सामग्री खरिद र व्यवस्थापनका लागि अनुदान दिइने गरिएको छ” जिशिअ तिवारीले भन्नुभयो ।
पुस्तकालयप्रति विद्यार्थीको आकर्षण बढाउन पुस्तकालय स्थापनामा जोड दिइएको उहाँको भनाइ छ । अतिरिक्त समयमा पुस्तकालय जाने र त्यसको प्रयोगमा विद्यार्थीलाई प्रोत्साहित गर्न पुस्तकालय अनुदान कार्यक्रम सञ्चालन भएको शाखा अधिकृत खेम आचार्यले बताउनुभयो ।
नियमित पुस्तकालय जाने बानीले विद्यार्थीको ज्ञान अभिवृद्धि हुनुका साथै सिकाइ उपलब्धिमा पनि सकारात्मक टेवा पुग्ने अधिकृत आचार्यको भनाइ छ । उहाँले जिल्लाभरका विद्यालयमा पुस्तकालय स्थापनाको लक्ष्य रहेको बताउनुभयो ।
जिल्लाका कतिपय विद्यालयले विभिन्न दाताको सहयोगमा विद्युतीय पुस्तकालयसमेत सञ्चालनमा ल्याइएका छन् । केही विद्यालयमा दक्ष जनशक्ति र व्यवस्थापन अभावमा विद्युतीय पुस्तकालय चलेका छैनन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया