संयुक्त सनातन मोर्चाले हिन्दूराष्ट्रको लागि आन्दोलन गर्ने

इनेप्लिज २०७२ साउन १ गते १९:०८ मा प्रकाशित

काठमाडौं । बन्ने संविधानमा नेपाललाई सनातन हिन्दूराष्ट्र कै रूपमा संबोधनगर्नपर्ने माग गर्दै संयुक्त सनातन मोर्चाले आन्दोलन गर्ने भएको छ ।काठमाडौंको राष्ट्रिय नाचघरको सभाकक्षमा भएको सांस्कृतिक कार्यक्रमसहितको पत्रकार

सम्मेलनमा सो कुरा बताइएको हो । साउन १ गते भएको सो कार्यक्रमलाई सम्बोधनगर्दै मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्माले आन्तरिक रूपमा धेरैसंघर्षका तयारीहरू भइरहेको र हिन्दूराष्ट्र कायम नभएसम्म त्यसको लागि क्रमशःआन्दोलनका कार्यक्रम सशक्त रूपमा बढ्दै जाने बताएका थिए ।कार्यक्रममा बोल्दै मोर्चाका महामन्त्री दीपक सुवेदीले हिजोका दिनमा अ“ग्रेजस“गलडेका वीर नेपाली पूर्खाका सन्तती नेपालीले अहिले विभिन्न प्रलोभनमा परेर तिनै

अ“ग्रेजका एजेण्ट बनेका धर्मनिरपेक्षवादीस“ग लड्न नडराउने, धर्मनिरपेक्षतालाईनहटाए पार्टीहरू भित्र हिन्दूराष्ट्र पुनस्र्थापनाको विषयलाई लिएर विद्रोह सृजनाहुने बताएका थिए । कार्यक्रममा संघर्ष समितिका संरक्षक गुनि बाले मोर्चाको नीति तथाकार्यक्रम प्रस्तुत गरेका थिए भने महासचिव पदम पाण्डे, सहसंयोजक देवी घिमिरे र विश्व

हिन्दू महासंघका केन्द्रीय सदस्य यमुना श्रेष्ठले पनि सो कार्यक्रमलाई सम्बोधनगरेका थिए । कार्यक्रम राष्ट्रिय धर्मजागरण अभियान नेपालका संयोजक सन्त नेता शङ्करपाण्डेको प्रमुख आतिथ्यता एवम् मोर्चाका केन्द्रीय संयोजक डा. मिठारामविश्वकर्माको अध्यक्षतामा भएको थियो ।

यही साउन ३ गते आइतवार चितवनको नारायणगढमा स्थित उद्योगवाणिज्य संघको भवनकोसभाकक्षमा मोर्चाकै संयोजकत्त्वमा हिन्दूराष्ट्रका पक्षधर धार्मिक संघसंस्था एवम्विभिन्न निकायहरूको संयुक्त भेलाको आयोजना गरिएको र सो भेलालेआन्दोलनको रणनीति एवम् कार्यक्रम तय गर्ने बताइएको छ ।

प्रतिक्रिया