आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:५५
वासिङटन डिसी 14:10

डुबेर बालबालिकाको मृत्यु

इनेप्लिज २०७२ साउन १ गते १३:५५ मा प्रकाशित

इटहरी, १ साउन । सुनसरीको महेन्द्रनगर–३ मा आज खोल्सामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

महेन्द्रनगर–३ का दुई वर्षीय सेनेहाङ लिम्बू र प्रमिक्षा लिम्बूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । खोल्सामा डुबिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले निकालेर उपचारका लागि नजिकै रहेको औषधि पसलमा लैजाने क्रममा तिनको मृत्यु भएको जनाइएको छ ।
युवकको हत्या

सुनसरीको धरान–८ दुर्गाचौकमा हत्या गरी फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

टाउकामा धारिलो हतियार प्रयोग गरी फालिएको अवस्थामा धरान–८ बस्ने २७ वर्षीय भेसुकुमार मगरको शव डेरा नजिक फेला परेको हो । गए राति करिब १२ बजे आएका चार पाँच जनाको युवाको समूहले मगरमाथि आक्रमण गरी हतियारसमेत त्यही छाडी भागेको स्थानीयवासीको भनाइ छ ।

हत्याराको पहिचान खुलिसकेकाले उनीहरूलाई प्रहरीले तत्काल पक्राउ गरिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुदमकुमार सिंजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया