लेखापढी सङ्घको रक्तसञ्चार गृहलाई सहयोग
इनेप्लिज
२०७२ साउन १ गते १:५२ मा प्रकाशित
इलाम, १ साउन । नेपाल रेडक्रस सोसाइटी इलामको निर्माणाधीन रक्तसञ्चार गृहका लागि लेखापढी सङ्घले बिहीबार ५० हजार सहयोग प्रदान गरेको छ ।
सोसाइटीको नारायणस्थान परिसरमा निर्माणाधीन रक्तसञ्चार गृहको सहयोगार्थ नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन जिल्ला कार्यसमिति इलामले उक्त सहयोग प्रदान गरेको हो । रेडक्रसका मन्त्री रवीन्द्रप्रसाद श्रेष्ठलाई सङ्घका अध्यक्ष टुन्डु शेर्पा र सचिव रमेश श्रेष्ठले संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले वर्षाैंदेखि निर्माण थालिएको रक्तसञ्चार गृह हालसम्म पनि आर्थिक अभावका कारण बन्न नसकेको र त्यहाँ आवश्यक उपकरण खरिद गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताउनुभयो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया