तनहुँ, १ साउन । जिल्लाको दक्षिण भेगमा पर्ने अरुणोदय गाविसमा भूकम्पपीडितका लागि रातो कार्ड वितरण गरिएको छ ।
गत वैशाख १२ गते र त्यसपछि पटकपटक गएको परकम्पले पूर्णरुपमा क्षति भएका घरका परिवारलाई रातो कार्ड वितरण गरिएको गाविस सचिव कृष्णराज तिम्सेनाले बताउनुभयो ।
उक्त गाविसले ५२ घरपरिवारलाई रु १५ हजारका दरले रु सात लाख ८० हजार वितरण गरेको गाविस सचिव तिम्सेनाले जानकारी दिनुभयो । उहाँका अनुुुसार सो गाविसमा ६६ घर पूर्ण रुपमा क्षति भएका छन् ।
प्रतिक्रिया