चुरे संरक्षण गर्न नाङो डाँडामा वृक्षरोपण

इनेप्लिज २०७२ साउन १ गते १:३२ मा प्रकाशित

वीरेन्द्रनगर, १ साउन । लाटीकोइली चारकुनेमा पर्ने फलाटे खोलाको मुहान नजिक नाङे डाँडामा वृक्षरोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस विकास समितिको आर्थिक सहयोगमा वातावरण सुधार समाजद्वारा सञ्चालित सामाजिक परिचालन कार्यक्रमको आयोजनामा वृक्षरोपण गरिएको हो ।

चारकुनेको वन क्षेत्रभित्र भई बग्ने फलाटे खोलाको मुहान नजिकको नाङो डाँडाले गर्दा पहिरो जान सक्ने सम्भावना देखिएपछि स्थानीय र देउती सामुदायिक वन उपझोक्ता समितिको सक्रियतामा वृक्षरोपण गरिएको हो ।

वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मीले फलाटे खोला नजिकको वन जङ्गल क्षेत्र पनि चुरेभित्र पर्ने हुँदा यसको संरक्षण गर्न आवश्यक रहेको भन्दै बिरुवा रोप्नुभन्दा हुर्काउन चुनौती हुने बताउनुभयो ।

सामाजिक परिचालन कार्यक्रमका जिल्ला संयोजक रमेश सुनामले चुरेको विनाशले मानवीय जनधनको क्षति हुने र कृषियोग्य जमिन कटान हुने भन्दै चुरेको संरक्षण गर्न र पहिरो जानबाट बचाउन नाङो डाँडामा वृक्षरोपण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया