गाई मारेको अभियोगमा पक्राउ
इनेप्लिज
२०७२ असार ३१ गते १४:४१ मा प्रकाशित
मेलम्ची, ३१ असार । सिन्धुपाल्चोकको इचोक–२ बाट गाई मारेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
गाईको टाउकामा चिर्पटले हानी मारेर काट्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले स्थानीयवासी ६६ वर्षीय खेन्द्र तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।
सो ठाउँमा प्रहरी पुग्दा तामाङले मारिएको गाईलाई गोठमा स्याउलाको पत्करले छोपी राखेको अवस्थामा भेट्टाएको थियो । गाई/गोरु मारेको अभियोग प्रमाणित भए १२ वर्षसम्म कैद सजायको व्यवस्था हुनेछ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया