डिकमान विरही पुरस्कार काजीलाई
सुरुङ्गा(झापा), ३१ असार । स्व डिकमान विरही स्मृति साहित्य चौतारी सम्मान पुरस्कारबाट यस वर्ष झापाका पत्रकार नकुल काजी पुरस्कृत हुनुभएको छ ।
साहित्य चौतारी झापाको १६ औँ वार्षिकोत्सव तथा २०२ औँ भानुजयन्तीका अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा दिइएको सो पुरस्कारको राशि रु सात हजार र साथमा सम्मानपत्र छ । काजीलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रवीन कोइरालाले पुरस्कृत गर्नुभयो ।
त्यस्तै ‘जेपी आले स्मृति चौतारी फोटोग्राफी पुरस्कार’बाट कृष्ण सिञ्जाली (मगर) पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु तीन हजार ५०० र सम्मानपत्र रहेको छ । ‘भीमबहादुर÷पञ्चकुमारी स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार’बाट भने नृत्य कलाकार ज्ञानु सुब्बा र ‘धनमाया स्मृति साहित्य चौतारी नव प्रतिभा पुरस्कार’बाट मूर्तिकार पूजन खतिवडा सम्मानित हुनुभएको छ । पुरस्कारको राशि जनही रु तीन हजार पाँच सय र सम्मानपत्र छ ।
कार्यक्रममा भजन गायक देवीभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठको भजनसङ्ग्रह ‘परमेश्वर’ (जाऔँ जाऔँ अर्जुनधारा धाम) सार्वजनिक गरिएको थियो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया