अब चिठ्ठी एक दिनमै पुग्ने
काठमाडौँ, ३१ असार । अहिलेसम्म सिंहदरबारभित्रै एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा चिठ्ठीपत्र पुर्याउन दुई÷ तीन दिनसम्म लाग्थ्यो तर साउन १ गतेदेखि भने जुन दिन पठाइएको हो सोही दिन पुग्ने छ ।
साउन १ गतेदेखि सिंहदरबारभित्रै रहेको गोश्वारा हुलाकको काउन्टरमा दर्ता गरेर सोही दिन सम्बन्धित मन्त्रालयमा वितरण गरिने भएपछि चिठ्ठीपत्र पठाएकै दिन पुग्ने भएको हो । यसअघि एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा चिठ्ठीपत्र पठाउन सुन्धारा गोश्वारा हुलाकमा दर्ता गरी प्रक्रियामा जाँदा दुई/तीन दिन लाग्ने गथ्र्यो ।
गोश्वारा हुलाकका निमित्त प्रमुख सुशील श्रेष्ठले सरकारी कार्यालयका चिठ्ठीपत्र गोश्वारामा दर्ता गरी प्रक्रियामा जाँदा ढिला हुने हुँदा छिटो छरितोका लागि सिंहदरवारभित्रै रहेको काउन्टरमा दर्ता गरी तत्काल पुर्याउने प्रक्रिया सुरू गर्न लागिएको जानकारी दिनुभयो । काउन्टरमा बिहान १० बजेदेखि १ः०० बजेसम्म भएका चिठ्ठी अपराह्न १३ः३० भित्र सम्बन्धित मन्त्रालयमा पुर्याइसकिने छ । त्यसपछि दर्ता भएका चिठ्ठीपत्र अपराह्न ४ः०० बजेभित्रै पुर्याइने छ । सो काम गर्न काउन्टरका कर्मचारीलाई थप व्यवस्थित गरी परिचालन गरिने छ ।
“यो छिटोछरितो सेवा सिंहदरबारभित्रका सरकारी कार्यालयबाट सुरू गरिए तापनि बिस्तारै काठमाडौँ उपत्यका वरिपरि र जिल्लामा समेत पुर्याइने छ,” उहाँले भन्नुभयो । साधारण र रजिस्टर गरिएको चिठ्ठी सम्बन्धित स्थानमा पुग्न दुई/तीन तीन लाग्छ तर ‘सेम डे डेलिभरी’ र द्रुत सेवा (डाँक सेवा)बाट पठाइएको चिठ्ठी सोही दिन प्राप्त गर्न सकिन्छ । निमित्त प्रमुख श्रेष्ठले प्रविधिको विकासका कारण पहिलेको तुलनामा व्यक्तिगत चिठ्ठीपत्र पठाउने काम कम भए पनि कार्यालयका लागि पठाउने चिठ्ठीपत्रमा भने कुनै कमी नआएको बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया