शनिबार, असार १८ २०७९
काठमाडौं २३:१६
वासिङटन डिसी 13:31

दुर्गममा आयुर्वेद औषधालय सञ्चालनमा

इनेप्लिज २०७२ असार ३० गते ४:४४ मा प्रकाशित

जाजरकोट, ३० असार । जिल्लाको दुर्गम ठाउँमा पहिलोपटक आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ ।

लहँको कालीमाटीमा आयुर्वेद औषधालयको स्थापनाबाट पूर्वी क्षेत्रका स्थानीयवासीलाई उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ । आयुर्वेद औषधालय नहुँदा यहाँका पूर्वी क्षेत्रका स्थानीयवासी हजाराँै रुपैयाँ खर्चेर सदरमुकाम आउने गरेका थिए ।

जिल्लाको जुगाथापाचौर र कार्कीगाउँमा केही वर्षपहिला नै आयुर्वेद औषधालय स्थापना भई सञ्चालनमा रहेका छन् भने जिल्ला सदरमुकाम खलङ्गामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ ।

प्रतिक्रिया