सन्फ्रान्सिस्कोमा एनआरएन लगायत सम्पूर्ण संस्थाको भव्य कार्यक्रम

इनेप्लिज २०७२ असार २७ गते २०:२५ मा प्रकाशित

 

unnamed

क्यालिफोर्निया,आप्रवासी संघ एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरले सम्पूर्ण संस्थाहरुको प्रतिनिधित्व गर्दै क्यालिफोर्नियाका आम जन समुदायलाई सेवा दिने उद्देश्यले सन्फ्रान्सिस्कोको वर्कलीमा भव्य कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रमलाई प्रत्यक्ष सरोकारवाला तथा उपस्थित जन समुदायले प्रसंसनिय मानेका छन् ।

नेपालमा गएको महा भुकम्पमा आँफ्ना प्रिय जन गुमाउन पुगेका लाखौ नेपालीलाई आफ्नो मातृभूमिमा गई आँफू र आँफ्ना इष्टमित्रसँग भेटघाट गराउने उद्देश्यले अमेरिकी सरकारले गरेको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (TPS) को ब्यबस्था भए पछि,नेपालीहरू कोही अलमलमा परेको महशुष गरि अमेरिकाको हरेक राज्यमा जानकारि दिने उधेश्यले आयोजना गरिएको यो छलफल तथा अन्तर्कृया कार्यक्रममा सन फ्रान्सिस्को क्षेत्रका सबैजसो सामाजिक संस्थाहरुको उपस्थिती उत्साह जनक  थियो ।                                                      .

उक्त कार्यक्रममा वोल्दै एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा केशव पौडेलले भने ‘मैले जहिले पनि भन्ने गरेको छु-नेपाल दुइवटा छन भूगोलको नेपाल र भावनाको नेपाल। हामी ३५ लाख भन्दा बढी नेपाली चाँहि भवनाको नेपालमा छौ ।  यो दुवै नेपाललाई एउटै नेपाल बनाउनु पर्छ यसका लागि हामी एनअारएन लागि परेका छौ जुन कुरा संबिधान बनेको अबस्थामा पुरा हुने छ ‘।

त्यस्तै अर्का विषेश अतिथि तथा एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष खगेन्द्र  क्षेत्रीले एनआरएन अमेरिकाले आफ्नो कार्यकालमा गरेका कार्यहरु बारे जानकारि गराउँदै बर्तमान कार्यसमिति आँफैमा सक्षम  भएकोले धेरै कार्यहरु गर्ने विश्वाश आँफूले लिएको बताए । साथै उनले टेम्पोररी प्रोटेक्टेड स्टाटस, एमआरपी पास्पोर्ट बारे जानकारि पनि गराएका थिए । साथमा एनआरएन अमेरिकाका निर्वाचन आयोगका सदस्य तथा कानुनबिद यज्ञ नेपाल अनि अर्का कानूनबिद गोपाल शाहको पनि उपस्थित थियो उनिहरु दुबैजनाले पनि सोही बिषयमा राय दिएका थिए।

महा भूकम्पमा परि अकालमा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिका लागि एक मिनट सम्म मौन धारण गर्दै नेपाली राष्टिय गानवाट शुरू गरिएको कार्यक्रम  लगातार आठ घण्टा सम्म चलेको थियो । एनआरएन क्यालिफोर्निया च्याप्टरका महासचिव सुरेन्द्र मल्लले सन्नि समाजका पूर्व अध्यक्ष तथा वरिष्ठ समाज सेवि हरिहर दाहाललाई कार्यक्रम चलाउन माइक हस्तान्तरण शुरू गरिएको कार्यक्रममा पत्रकार दिक्षा वस्नेत द्वारा व्याज वितरण गरिएको थियो भने कल्चरलका संयोजक विन्दु सापकोटा र वर्कलि लाइन्सक्लवकी हेमा पनेरु द्वारा प्रमुख अतिथि तथा विषेश अतिथि जनलाई खादा ओढाइएको थियो ।

उक्त कार्यक्रममा क्यालिफोर्निया च्याप्टर जन सम्पर्क समितिका महासचिव हरि भट्टले स्वागत मन्तव्य दिएका थिए भने अर्का वक़्ता  न्यान्सका पूर्व अध्यक्ष मणि नेपाली थिए । त्यस्तै न्यान्सकै वर्तमान उपाध्यक्ष उषा काफ्ले द्वारा विषेश धन्यवाद ज्ञापन गरिएको कार्यक्रम बर्तमान एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाको सभापतित्वमा भएको थियो । कार्यक्रममा झण्डै ३०० भन्दा बढी नेपालीहरुको सभागिता थियो ।

दर्जनौ  संघसंस्थाहरुले सभागिता जनाएको उक्तकार्यक्रम धेरै उत्साहजनक देखिन्थ्यो । यि दर्जनौ संघ संस्था यसरि नर्दन क्यालिफोर्निया वासीको सेवामा एकै साथ जुटेको यो क्षण सम्पूर्ण क्यालिफोर्निया वासी हर्षले विभोर भएका छन् । यसरी एउटै थलोमा उभिएर सेवा गर्ने परम्परा सबै संस्थामा पछि सम्म रहोस भन्ने शुभकामना सम्पूर्ण वक्ता तथा आगन्तुक नेपाली जन समुदायहरु सवैले दिएका थिए ।

प्रतिक्रिया