विद्यालय पुनःनिर्माणमा दुई लाख सहयोग
इनेप्लिज
२०७२ असार २७ गते ४:४७ मा प्रकाशित
बागलुङ, २७ असार । भूकम्पबाट क्षतिग्रस्त हटिया–७ स्थित खरुवा माविको भवन पुनःनिर्माणका लागि प्रवासबाट रु दुई लाख सहयोग जुटेको छ ।
बागलुङको हरिचौर–५ घर भई हाल जापानमा व्यवसाय गरी बस्ने छमबहादुर खत्रीले उक्त सहयोग प्रदान गर्नुभएको हो । जापानमा रहेका नेपाली व्यवसायीबाट सङ्कलित रकम खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर खड्कालाई शनिबार प्रदान गर्नुभयो ।
भूकम्पले विद्यालयको आठकोठे भवनमा क्षति पुगेको थियो । प्रअ हेमराज गैरेले प्रवासीबाट विद्यालयलाई सहयोग प्राप्त हुनु सह्रानीय भएको धारणा राख्नुभयो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया