शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:२३
वासिङटन डिसी 14:38

कारागार परिसरमा वृक्षरोपन

इनेप्लिज २०७२ असार २६ गते ४:३९ मा प्रकाशित

तुलसीपुर (दाङ), २६ असार । पीडित सेवा सङ्घ दाङको आयोजनामा कारागार शाखा तुलसीपुरको परिसरभित्र वृक्षरोपन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमबीच त्यहाँ रहेको तीन बिगाह जग्गाको क्षेत्रफलमा विभिन्न जातका ५०० बिरुवा रोपिएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला वन कार्यालयबाट प्राप्त कागती, आँप, लिच्ची, श्रीखण्डलगायत प्रजातिका बिरुवा रोपिएको सङ्घका अध्यक्ष टोपबहादुर महतराले जानकारी दिनुभयो ।

प्रतिक्रिया