गुड्दै गरेको बस पहिरोमा पुरियो

इनेप्लिज २०७२ असार २४ गते १२:१३ मा प्रकाशित

gadi-final-fialनुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको एक यात्रु बस ककनीमा माथिबाट आएको पहिरोमा पुरिएको छ ।

त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस ककनी–१ सिस्नेरीमा माथिबाट आएको पहिरोमा परी पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पुरिएको बसमा कति यात्रु सवार छन् भन्ने खुल्न सकेको छैन । माथिबाट आएको ठूलो ढुङ्गासहितको माटोमुनि बस रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक पद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया