हात्तीको आक्रमणबाट मृत्यु

इनेप्लिज २०७२ असार १४ गते ३:४४ मा प्रकाशित

dhurbe-hattiभीमदत्तनगर, १४ असार । भारतीय जङ्गलमा च्याउ टिप्न गएका कञ्चनपुरको दोधाराचादनी नगरपालिकाका एक स्थानीयको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आइतबार दोधाराचादनी नगरपालिका–३ बडुवाल टोलका ६५ वर्षीय बलबहादुर थापाको हात्तीले आक्रमण गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल दोधाराचादनीका प्रहरी निरीक्षक शङ्कर सिंह धामीले बताउनुभयो ।

सीमा स्तम्भ नं १३ देखि दुई किलोमिटर भारतीय जङ्गलमा थापाको शव गोठालाले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जङ्गलमा हात्तीले कुल्चेको खबर पाएपछि सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले थापाको शव नाग्रा भन्ने ठाउँमा भेटाएका थिए । शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

सीमा क्षेत्रमा विगत लामो समयदेखि हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बडुवाल टोल क्षेत्रमा भारतीय जङ्गलबाट आउने हात्तीले हालसम्म २५ भन्दा बढी परिवारको घर भत्काइसकेको छ ।

प्रतिक्रिया