दोलखाका भूकम्पपीडितलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ असार १३ गते ९:१२ मा प्रकाशित

काठमाडौँ, १३ असार । स्पोर्ट एन्ड कल्चरल सेन्टर, अमेरिकाले दोलखाका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ ।

संयुक्त राज्य अमेरिकामा केन्द्रीय कार्यालय रहेको सो सेन्टरको नेपाल शाखाका अध्यक्ष विमलकुमार खड्काले शनिबार दोलखा सुरी गाविसका पवनसिंह बराइली र हस्तकला बचत समूहका सल्लाहकार पदमबहादुर विश्वकर्मालाई रु एक लाख ४० हजार
हस्तान्तरण गर्नुभयो ।
सो सेन्टर लामो समयदेखि नेपाली संस्कार र संस्कृतिको जगेर्नामा क्रियाशील रहँदै आएको नेपाल शाखाका कोषाध्यक्ष सुष्मा बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया