जङ्गलबाट लोप हुँदै भिरमौरी

इनेप्लिज २०७२ असार १३ गते ४:५० मा प्रकाशित

Vhir_Mauri_(3)बेनी (म्याग्दी), १३ असार । स्वादिष्ट र शक्तिवद्र्धक तथा आयुर्वेदिक औषधिका लागि उपयोगी मह उत्पादन गर्ने भिरमौरीका घार जङ्गलबाट कम हुँदै जान थालेपछि मह उत्पादनमा कमी आएको छ ।

चिमखोला, राम्चे, पाखापनीलगायत भिरमा रहेका भिरमौरीले अहिले बासस्थान परिवर्तन गर्न थालेका छन् ।

मानिस सजिलैसँग जान नसक्ने ठूला र अप्ठ्यारा भिरमा घार बनाएर बस्ने भिरमौरी बिस्तारै हराउन थालेपछि स्थानीयवासीमा चिन्ता बढेको छ । केही वर्षअघिसम्म २५ घारसम्म हुने चिमखोलाको भिरमा अहिले सात–आठ घार मात्र सीमित रहेको भिरमहको सिकार गर्ने तीर्थमान पुनले जानकारी दिनुभयो ।

भिरमौरी हराउँदै जानामा जलवायु परिवर्तन र मानवीय गतिविधि मुख्य कारण रहेको भिरमहका सिकारी बताउँछन् । किसानले रासायनिक मलको बढी प्रयोग गर्न थालेपछि पनि भिरमौरी लोप हुँदै जान थालेको बताइन्छ । अधिकांशले खोजीखोजी जोहो गर्ने भिरमौरीको मह यौनवद्र्धक तथा हाडजोर्नीका रोगीलगायत विभिन्न रोगको औषधिका रुपमा प्रयोग गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया