नवलपरासीमा बोक्सीको आरोपमा महिला कुटिइन्

इनेप्लिज २०७२ असार ११ गते ९:५२ मा प्रकाशित

Mahila-Himsha-Bokshiकावासोती, ११ असार । बोक्सीको आरोपमा एक युवकले महिलालाई कुटेका छन् ।

नवलपरासी कोल्हुवा–८ ढेडाकी ६९ वर्षीय सोमकुमारी महतोलाई सोही ठाउँका युवक लालबहादुर थनेतले बोक्सीको आरोपमा कुटेर हात भाँचिदिएका हुन् ।

गएराति घरमा सुतिरहेकी महतोलाई ढोका खोल्न लगाइ एक्कासि हातपात गरेको सोमकुमारीका छोरा कुलबहादुर महतोले बताउनुभयो । बोक्सीको आरोपमा कुटिएपछि थनेतलाई कारबाहीको माग गर्दै प्रहरी चौकी कोल्हुवामा उजुरी परेको छ ।

बोक्सीको आरोपमा कुटिएको भन्दै उजुरी आएको छ, चौकीका इञ्चार्ज राजेन्द्र बस्नेतले भन्नुभयो– “अनुसन्धानबाट कामलाई अगाडि बढाइने छ ।” कुटपिट गर्ने लालबहादुर थनेत भने फरार रहेको प्रहरीले जनाएको छ ।

सोमकुमारीको मध्यबिन्दु अस्पताल डन्डामा उपचार भएपछि घर फर्किएको परिवारले जनाएको छ ।

प्रतिक्रिया