महाकाली र दोदा नदीमाथि उच्च सतर्कता

इनेप्लिज २०७२ असार ११ गते ९:४२ मा प्रकाशित

downloadकञ्चनपुर, ११ असार । तीन दिनदेखिको अविरल वर्षासँगै कञ्चनपुरका महाकाली र दोदा नदीमा पानीको बहाव खतराको बिन्दुभन्दा माथि बग्न थालेपछि उच्च सतर्कता अपनाइएको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन लगाइएको छ । महाकाली नदीमा पानीको बहाव दुई लाख क्यूसेक भन्दा माथि पुगेपछि सीमा पुल वनबसाको आवागमन बन्द गरिएको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सम्भावित बाढीको खतराबाट सुरक्षित क्षेत्रमा सार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफलेले बताउनुभयो ।

“दुवै नदीमा पानीको बहाव बढ्दै गएकाले बाढी आउनअगावै सतर्कता अपनाएका हौँ,” – उहाँले भन्नुभयो । यसैगरी चुरे क्षेत्र भएर बग्ने सनवोरा, स्याली, बनहरालगायत नदीमासमेत बाढी आउँदा तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार कञ्चनपुरमा आज एक सय ७५ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया