दमौली, ११ असार । व्यास नगरपालिकालाई बिहीबार पूर्ण साक्षर र पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । व्यास नपाका ९६.१३ प्रतिशत बासिन्दा साक्षर भएपछि पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको हो ।
संविधानसभा सदस्य धु्रव वाग्लेले पूर्ण साक्षर एवम् पूर्ण खोप सुनिश्चित गर लेखिएको घोषणापत्रमा हस्ताक्षर गरी व्यास नपालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्नुभएको हो ।
सो अवसरमा सभासद् वाग्लेले व्यास नगर क्षेत्रभित्रका अधिकांश बासिन्दा साक्षर भइसकेकाले नगरले विकासमा फड्को मार्ने बताउनुभयो ।
व्यास नगरपालिकाका कार्यकारी अधिकृत हुमनाथ शर्मा ढकाल, नगरपालिकाका पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठलगायतले पूर्ण साक्षर र पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएपछि नगरपालिकाको विकासमा टेवा मिल्ने छ भन्नुभयो ।
व्यास नगरपालिकामा रहेका ३९ हजार ४४८ जनसङ्ख्यामध्ये ३७ हजार ९२४ जना साक्षर भएको सो नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया