चार दिनमा चौध लागुऔषध कारोबारी पक्राउ

इनेप्लिज २०७२ असार ११ गते ३:४४ मा प्रकाशित

laagu-ausadपानीट्याङ्की (मोरङ), ११ असार । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले चार दिनमा १४ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान समूहको टोलीले बिहीबार सुनसरीको इटहरीबाट चार र दुई दिनअघि झापाबाट १० जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

टोलीले बिहीबार मोरङ सुन्दरदुलारी नगरपालिका–१ का ३२ वर्षीय शववेक चौधरी, सुनसरी इटहरी–५ का ३४ वर्षीय नरेन्द्रबहादुर कार्की, सुनसरी श्रीपुर– ७ का ५० वर्षीय कपिलदेव यादव र सोही स्थानका विद्यानन्द यादवलाई लागुऔषध बेचबिखन गर्दैगर्दा बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।

यसअघि गएको सोमबार र मङ्गलबार सोही समूहले १० जनालाई लागुऔषध, सवारी साधन, मोबाइल सेट र नगदसहित झापाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

पूर्व क्षेत्रमा लागुऔषध कारोबार गर्नेहरू बढेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएर निगरानी बढाउन थालेको हो ।

प्रतिक्रिया