जातीय भेदभाव तथा जोखिममा रहेका वर्गका सम्बन्धमा अन्तक्र्रिया

इनेप्लिज २०७२ असार १० गते १:३१ मा प्रकाशित

सिद्धार्थनगर, १० जेठ । महान्यायाधिवक्ताको कार्यालयबाट गठित जातीय भेदभाव तथा जोखिममा रहेका वर्गका सम्बन्धमा अध्ययन कार्यदलले भैरहवामा हिजो सरोकारवालासँग गरेको छलफल तथा अन्तक्र्रिया सम्पन्नभयो ।

अन्तक्र्रियामा कानुन कार्यान्वयन गर्ने निकाय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिबीच स्थानीयस्तरमा हुने समस्याका बारेमा छलफल गराएको रुपन्देही जिल्ला अदालतको जिल्ला न्यायाधिवक्ता कमलराज पन्थीले जानकारी दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, महिला अधिकृत, बार एसोसिएसनका अध्यक्ष, दलित उत्थान सङ्घ, दलित सङ्घ, राष्ट्रिय दलित समाज, मुक्ति समाज नेपाल, नेपाल पिछडा वर्ग, प्रतिनिधि तथा सरोकारवाला सङ्घ भएको अन्तक्र्रियामा उनीहरुले कानुनको पालन सबैले गर्नुपर्नेमा जोड दिएका थिए ।

सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल र उपन्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलेको आतिथ्यमा भएको अन्तक्र्रियामा सहभागीहरुले राज्यले निर्माण गरेको नीति नियम सबै नेपाली नागरिकले स्वीकार गर्न आवश्यक रहेको भन्दै कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया