घरभित्रै झुण्डिएर आत्महत्या

इनेप्लिज २०७२ असार ७ गते ४:४४ मा प्रकाशित

susideकञ्चनपुर, ७ असार । कञ्चनपुरको शङ्करपुर गाविस–२ कञ्जकी सुक्को रानाले गएराति घरभित्रै झुण्डिएर आत्महत्या गरेकी छिन् ।

घरभित्रै श्रीमती झुण्डिएको फेला पारेपछि उनका श्रीमान हीरासिंह रानाले इलाका प्रहरी कार्यालय शङ्करपुरमा खबर गरेका थिए ।

रानाले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय शङ्करपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बिडारीले बताउनुभयो । घटनाबारे अनुसन्धानको भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया