दुई दृष्टिविहीन विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण

इनेप्लिज २०७२ असार ६ गते १०:३५ मा प्रकाशित

पाँचथर, ६ असार । फिदिमको गढी माविका दुई जना दृष्टिविहीन परीक्षार्थीले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार योक्पाङ्देनले दिएको जानकारीअनुसार प्रकाश लम्जेल र प्रकाश लावतीले प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण गरेका हुन् ।

परीक्षामा अन्य चार जना सामान्य प्रकृतिका विद्यार्थी भने द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । योक्पाङ्देनका अनुसार परीक्षामा कुल ११ परीक्षार्थी सामेल भएका थिए ।

प्रतिक्रिया