दक्षिण कोरिया पुगेका युवाद्वारा सहयोग

इनेप्लिज २०७२ असार ४ गते ४:१६ मा प्रकाशित

पुतलीबजार, ४ असार । स्याङ्जाबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका युवाले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई रु तीन लाख ५० सहयोग गरेका छन् ।

स्याङ्जा परिवार दक्षिण कोरिया नामको संस्थाद्वारा बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई रु तीन लाख ५० हजार प्रदान गरिएका हुन् ।

भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले सो रकम सहयोग गरिएको संस्थाका सदस्य खगेन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया