नलकटुवासहित महिला पक्राउ

इनेप्लिज २०७२ असार ३ गते ६:०२ मा प्रकाशित

pakraauगोलबजार (सिरहा), ३ असार । प्रहरीले गएराति सिरहा नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन् ।

विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया