नयाँ अलैँचीको बिरुवा बेच्दै जिर्मलेका युवा कृषक याम

इनेप्लिज २०७२ जेठ २९ गते ११:१३ मा प्रकाशित

Alaichi 1इलाम, २९ जेठ । रोगको प्रकोपले अलैँचीखेती मासिएर पुनः विस्तारै पहिलेकै अवस्थामा फर्कन लागेका किसानलाई बिरुवा बिक्री गर्न यतिबेला पूर्वी जिर्मलेस्थित सलकपुरका युवा कृषक यामप्रसाद अधिकारी व्यस्त हुनुहुन्छ ।

तीन वर्ष लगाएर दानाबाट अलैँची बिरुवा उत्पादन गर्नुभएका अधिकारीले यो वर्ष अढाइ लाख बिरुवा बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । गत वर्ष अलैँचीका बिरुवा बेचेर रु पाँच लाख आम्दानी गर्नुभएका अधिकारी यो वर्ष दोब्बर आम्दानी हुने बताउनुहुन्छ ।

“यसपाली करिब अढाइ लाख बिरुवा राखेको छु, सबै खर्च कटाएर रु १० लाख आम्दानी हुन्छ होला”, अधिकारीले भन्नुभयो, “बिजु बिरुवाको अलैँची राम्रो हुने भएकाले मागअनुसार धान्न सकिएको छैन ।”

अत्यधिक बिरुवाको माग आए पनि मागअनुसार धान्न नसकिएको किसान बताउँछन् । अन्यत्र अलँैची मिसाएपछि नया“ प्रजातिका बिरुवा उत्पादन गरेर उहाँले अहिले धमाधम बिरुवा बिक्री गरिरहनुभएको छ । झापा जिल्लाको सीमावर्ती सलकपुरका अधिकारीले कम उचाइमा फल्ने अलैँँचीको बिरुवा उत्पादन गरेपछि टाढाटाढाबाट पनि किसान बिरुवा लिन आउने गरेका छन् ।

सल्यान, रोल्पा, ताप्लेजुङ, तेह्रथुम, तनहुँ, लमजुङ, कास्कीलगायतका एक दर्जन जिल्लाबाट करिब रु २० लाखको माग आए पनि मागको २५ प्रतिशतमात्र आपूर्ति गर्न सकिने अधिकारी बताउनुहुन्छ ।

यसको अलवा जिल्ला कृषि विकास कार्यालयले डेढ लाख, अलैँची विकास केन्द्र फिक्कल पान्दामले दुई लाख तथा जिल्लाका किसानले करिब पाँच लाख बिरुवाको माग गरेका छन् । अहिले पनि दैनिक एक÷दुई पिकअप बिरुवा सलकपुर क्षेत्रबाट गइरहेको छ । अधिकारीले ब्याड तयार गरेर एक लाख बिरुवा उत्पादन गर्नुभएको छ । उहाँले प्रति बिरुवा रु आठमा बिक्री गरिरहनुभएको छ ।

“बिरुवा तयार गर्दा लामो समयसम्म मेहनत गर्नुपर्ने भएकाले चाहेजति उत्पादन गर्न सकिँदैन”, उहाँले भन्नुभयो । सलकपुर क्षेत्रमा ६०० मिटरको उचाइमा अलैँची फलेकाले त्यहा“को बिरुवा रोप्न किसान लालायित भएका हुन् । यो क्षेत्रमा पा“च वर्षअघिदेखि फस्टाएको अलैँचीमा अहिलेसम्म रोग देखिएको छैन ।

यस क्षेत्रका आधा दर्जन किसानले व्यावसायिक रुपमा बिरुवा उत्पादन गर्दै आएका छन् । उनीहरूले अलैँचीको दानाबाटै बिरुवा उमार्दै नर्सरी गरेर बिक्री गर्ने गर्छन् । “दानाबाट उमारिएको बिरुवाको उत्पादन राम्रो हुने र रोग पनि हतपत नलाग्ने भएकाले किसानले धेरै नै यस्तो खालको बिरुवा मन पराउछन्”, अधिकारी भन्नुहुन्छ ।

व्यावसायिक सुन्तलाखेती र मौरीपालनमा अब्बल मानिएको सलकपुरमा अहिले अलँैची फस्टाएपछि घरलौरी रूपमा किसानले आम्दानी बढाउँदै लगेका छन् । ‘खोल्साको सुन’ उपनाम दिइएको अलैँचीखेतीमा पछिल्लो समयमा उत्पादन घट्दो छ । किसानले अलैँचीको विकल्पमा अन्य खेती लगाउन थालेको अवस्थामा सलकपुरको अलैँचीले छुट्टै पहिचान बनाएको हो ।

यहा“ उत्पादित अलैँचीलाई ‘जिर्मले’ जात नामाकरण गरिएको छ । सीमापारी भारतबाट ल्याइएको यो बिरुवा जिल्लाको तल्लो क्षेत्रमा र झापाको केही भूभागमा राम्ररी फस्टाएको छ ।

प्रतिक्रिया