आइतबार, माघ ९ २०७८
काठमाडौं ०४:४९
वासिङटन डिसी 18:04

मोरङमा चट्याङ पर्दा दुईवटा गोरु ठहरै

इनेप्लिज २०७२ जेठ २८ गते १३:४९ मा प्रकाशित

thunderstromeविराटनगर, २८ जेठ । मोरङमा आज बिहान घरमाथि चट्याङ पर्दा दुईवटा गोरुको मृत्यु भएको छ ।

बाहुनी–८ बस्ने केन्द्रबहादुर खड्काका दुईवटा गोरु मरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

उहाँको घरको मिटरबक्स तथा वायरिङ गरिएका तार जलेर नष्ट भएको छ । उक्त चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया