एमालेले बनायो सात विद्यालयमा ३२ कोठा

इनेप्लिज २०७२ जेठ २८ गते २:४७ मा प्रकाशित

uml1त्रिशूली (नुवाकोट), २८ जेठ । नेकपा (एमाले)को राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गतका टोलीले नुवाकोटका सात विद्यालयमा ३२ अस्थायी कक्षाकोठा निर्माण गरेको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य खिमलाल भट्टराईको नेतत्वमा आएको अनेरास्ववियु र राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा आबद्ध टोलीले क्षेत्र नं ३ मा एक र क्षेत्र नं २ मा छ विद्यालयको भग्नावशेष हटाउने र अस्थायी कक्षा निर्माण गरेको हो ।

बुधबार विदुरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य भट्टराईले विद्यालयलाई सघाउन पाउँदा खुसी लागेको बताउँदै नुवाकोटका परिश्रमी जनतालाई लक्षित गरेर विकास अघि बढाउन सके भूकम्पले भत्काएको जिल्लाले पुनर्जीवन पाउने धारणा राख्नुभयो ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोटमा टोलीले पु¥याएको योगदानको प्रशङ्सा गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

क्षेत्र नं २ र ३ मा भत्केको भग्नावशेष हटाउन र अस्थायी कक्षा निर्माणबारे जानकारी दिँदै अनेरास्ववियुका केन्द्रीय लेखा आयोगका अध्यक्ष नीलकण्ठ आचार्यले केन्द्रबाट आएको फरकफरक टोली र जिल्लाका साथीहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको बताउनुभयो ।

टोलीले क्षेत्र नं ३ को काहुलेको एसलु भूमे उच्चमाविमा चार, क्षेत्र नं २ को गणेश प्रस्तावित माविमा छ, जाल्पा युवा प्राविमा चार , जागृत निमाविमा आठ, दुप्चेश्वर उच्चमावि र हिमशिखर क्याम्पसमा सात र सुन्दरादेवी उच्चमाविमा तीन कोठा निर्माण गरेको हो ।

उक्त टोलीले शिवालय प्रावि र नारायणदेवी उच्चमाविमा सरसफाइसमेत गरेको जनाएको छ । अभियानमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका सचिवालय सदस्य नारायण परिश्रमी, जनसाहित्यिक मञ्चका महासचिव विनोद मञ्जन, नेकपा (एमाले) क्षेत्र नं २ का अध्यक्ष गोकर्ण पाठकलगायतको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया