स्वरमा कविता वाचन सम्बन्धि खसखस डट कमको सूचना

इनेप्लिज २०७२ जेठ २६ गते ०:४२ मा प्रकाशित

नेपालमा बैसाख १२ र २९ मा गएको विनाशकारी भूइंचालोले शारीरिक, मानसिक र आर्थिक क्षति निक्कै पुर्याएको छ | थुप्रै मन तथा परिवारहरु विचलित भएका छन् | यसमा साहित्यकारका साहित्यिक मनहरु अपवादमा रहन सक्दैनन् | तसर्थ, त्यस विचलित मनलाई प्रकट गर्न थुप्रै साहित्यकारहरुले कविताको सहारा लिएका होलान् भन्ने हामी सहजै अनुमान गर्न सक्छौं | तर ति कवितारुपी उद्गार तथा भावनाहरु अझै अप्रकाशित या अप्रकट नै रहेका होलान भन्ने पनि हाम्रो अनुमान छ |

त्यसकारण, भूकम्प सम्बन्धि लेखिएका त्यस्ता कविता/गीत/गजलहरु तपाईंसँग छन् भने खसखस डट कम मार्फत तपाईंको आफ्नै स्वरमा ति रचना विश्वलाई सुनाउन हामी आव्हान गर्दछौ | त्यसैले यस्तो व्यवस्था हामीले गरेका छौं र यसरी कविता सुनाउनकोलागी हामीले निम्न मिति र समय तोकेका छौं |

मिति: जुन १३, २०१५
समय: ८….४५-९.०० राती (अमेरिकी पूर्वी समय-EST)

उपरोक्त समयभित्र ७८६ ५७७-१०२० मा फोन गरेर प्रवेश कोड ९४५६७० थिच्नु भएर कन्फरेन्समा प्रवेश गर्नु होला | कविता रेकर्ड ठिक ९.१५ मा शुरु हुनेछ भने यसपछि प्रवेश चाहनेलाइ निषेध गरिनेछ |
 
केहि नियमहरु:

-९.१४ पछि कन्फरेन्समा प्रवेश निषेध हुनेछ | त्यसकारण सो अगावै प्रवेश गर्नुहोला |
-प्रवेश भएको क्रम अनुसार नै कवितापनि वाचन गरिनेछ | आफ्नो कविता वाचन गरेपछि कुनै आवाज ननिकाली चुपचाप अन्यको कविता सुन्नु होला |
-कन्फरेन्समा प्रवेश गर्नु अघि आफु बसेको कोठामा कसैले कुनै आवाज निकाल्ने या वाधा दिनेको निदान गर्नु होला |
-सेलफोनमार्फत प्रवेश गर्नेहरुको यथेष्ट ब्याट्री रहेको हुनुपर्नेछ |
-कविता/गीत/गजल (खस्) नेपालीभाषा लगायत नेपालभित्र बोलिने अन्य भाषामा पनि लेखिएको हुनसक्छ | तर ति रचनाहरुको उपयुक्त भाषानुवादपनि उपलब्ध गराउन अनुरोध गरिन्छ |

-कविता बढीमा दुइशय शव्दसम्मको हुनु पर्ने छ |
-मनग्गे सहभागिता रहेको खण्डमा उत्कृष्ट रचनाहरु सङ्ग्रहको रुपमा ‘भूकम्प विशेष कृति’ प्रकाशन गर्ने उदेश्य खसखस डट कमले राखेको छ |
-वाचन गरिएका कविताहरु खसखस डट कममा अपलोड गर्ने/नगर्ने या कृतिमा संग्लग्न गर्ने/नगर्ने सम्पूर्ण अधिकार आयोजकमा रहने छ |
-यदि कृति प्रकाशित भएमा कदापी सशुल्क विक्री गरिने छैन |
-यदि कृति प्रकाशित भएमा लेखकलाइ दुइप्रति कृति उपलब्ध गराइने छ | तर सोकोलागी हुलाक खर्च लेखक आफैंले व्यहोर्नु पर्नेछ |
-हाललाई यो कार्यक्रम अमेरिका तथा क्यानाडामामात्र सिमित राखिएको छ | लोकप्रियतालाइ ध्यानमा राख्दै यो कार्यक्रम अन्य देशहरुकोलागीपनि आयोजन गर्न सकिने छ |

थप केहि जानकारी या सल्लाह सुझाव भएमा [email protected] मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ | साथै यस विषयमा इच्छुक आफ्ना मित्रहरुलाईपनि जानकारी दिएर सहभागिता जनाउन मद्दत गर्नुहुन अनुरोध छ |
 
उल्लेखित मितिमा फोन मार्फत भेट्ने नै छौ |
 
धन्यवाद |
 
बासु श्रेष्ठ
संचालक:खसखस डट कम
फोन ७०३-३३८-७८२८

 

 

प्रतिक्रिया