पुलबाट हामफालेका युवक चार दिनसम्म फेला परेनन्

इनेप्लिज २०७२ जेठ २४ गते १६:०४ मा प्रकाशित

दमौली, २४ जेठ । चार दिनअघि मुग्लिनको पुलबाट हामफालेर बेपत्ता भएका गोरखा ताप्ले–४ का ३६ वर्षीय प्रकाशबाबु बानियाँ आजसम्म फेला परेका छैनन् ।

बानियाँले बा६५प १७६३ नम्बरको मोटरसाइकल, मोबाइल, पर्स, मोटरसाइकलको इजाजतपत्रलगायत सामान पुलको बायाँ छेउमा राखेर उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

प्रहरी र आफन्तले ती युवकको खोजी गरिरहेको बताएका छन् । पुलबाट हाम फाल्नुको कारण भने अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया