आफ्नै श्रीमतीलाई जिउँदै जलाउने प्रयास

इनेप्लिज २०७२ जेठ २४ गते १५:५८ मा प्रकाशित

aaglagi1बागलुङ बजार, २४ जेठ । बागलुङकी एक महिलालाई आफ्नै पतिले जिउँदै जलाउने प्रयास गरेको आफन्तले आरोप लगाएका छन् ।

बागलुङ नगरपालिका—१ रामरेखा बस्ने नानु थापालाई आफ्नै पति सन्तोष थापाले स्प्रिट छर्केर आगो लगाएको आफन्तको आशंका छ ।

शनिबार राति आफ्नै घरमा आगो लगाइएकी थापाको धौलागिरि अञ्चल अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लागिएको छ । थापाको शरीर बाहिरी भाग करिब ९० प्रतिशत जलेको चिकित्सकले बताएका छन्

वैदेशिक रोजगारीमा रहेका सन्तोष जेठ १ गते घर आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया