आङदम्बेद्वारा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण

इनेप्लिज २०७२ जेठ २४ गते १५:४१ मा प्रकाशित

दमौली, २४ जेठ । तनहूँको विकट कोटदरबार गाविस वडा नम्बर ६ स्थित जलदेवी प्राविको भवन गत बैशाख १२ गतेको भुकम्पले क्षतीग्रस्त भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्माण गरेको २ कोठे अस्थायी टहरा आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले सो टहरा विद्यालयका प्रधानाध्यापक बाबुलाल आलेलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै आङदम्बेले विपत्को बेलामा काँग्रेसका कार्यकर्ताहरुले जनतालाई मलमपट्टी लगाउने उद्देश्यले उक्त घर टहरा निर्माण गरिदिएको बताउनुभयो ।

सो कार्यक्रममा सभासद् धु्रव वाग्ले, रामचन्द्र पोख्रेल, झुलबहादुर आले, मगर नेता यामबहादुर आले, इन्द्रबहादुर आले लगायतकाले क्षतिग्रस्त विद्यालयको लागि अस्थायी टहरा निर्माण गरिएपछि विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाली काँग्रेसका कार्यकर्ताले तीन दिन लगाएर सो टहरा निर्माण गरेका थिए । टहरा निर्माणमा मनाङ—मस्र्याङदी क्लवले सात बण्डल जस्ता पाता उपलब्ध गराएको थियो ।

प्रतिक्रिया