संविधानसभाको भोलिको बैठकमा पनि शोक प्रस्ताव

इनेप्लिज २०७२ जेठ २४ गते १४:५४ मा प्रकाशित

sambidhansabhaकाठमाडौँ, २४ जेठ । संविधानसभाको भोलिकोे बैठक पनि शोक प्रस्ताव पारित गरेर समाप्त हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यको रुपमा २०५६ सालको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सदस्य डा गोपालप्रसाद कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

दलहरुको बीचमा संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि पटक–पटक छलफल भएपनि हालसम्म सहमति हुन सकेको छैन । भोलिसम्म दहलहरुबीच सहमति भए दोस्रो बैठक राखेर भए पनि संविधानसभालाई अगाडि बढाउने तयारी गरिएको छ ।

प्रतिक्रिया