पूर्व सांसद् कोइरालाको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

इनेप्लिज २०७२ जेठ २४ गते १४:४१ मा प्रकाशित

nepali-congress2काठमाडौँ, २४ जेठ । नेपाली काँग्रेसले पार्टीका पूर्व सांसद् गोपाल कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली काँग्रेस झापाका पूर्व उपसभापतिसमेत रहनुभएका कोइरालाको गएराति विराटनगरमा निधन भएको थियो ।

स्वर्गीय कोइराला नेपाली काँग्रेसको तर्फबाट २०५६ को उपनिर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नं ६ बाट विजयी हुनुभएको थियो । लामो समयदेखि नेपाली काँग्रेसमा अनवरत रुपमा क्रियाशील रहनुभएका स्वर्गीय कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

स्वर्गीय कोइरालाका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया