गाईघाट (उदयपुर), २४ जेठ । उदयपुर जिल्लाको जोगिदह गाविस– ६ रुपनी बस्ने १७ वर्षीय दिनेश चौधरीलाई एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ ।
शनिबार राति ९ बजे चौधरीले २४ वर्षीया एक महिलालाई बाटोमा एक्लै हिँडिरहेको अवस्थामा पक्रेर जबर्जस्ती गर्न खोजेको प्रहरीले बताएको छ ।
सरितादेवी चिच्याएको सुनेका स्थानीयवासी भेला भएपछि चौधरी फरार भएको प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभयो ।
पीडितको निवेदनअनुसार राति नै चौधरीलाई जोगिदह प्रहरीले नजिकैको जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो । चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएर अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया