टिपर दुर्घटनामा चालकको मृत्यु

इनेप्लिज २०७२ जेठ २४ गते १४:२६ मा प्रकाशित

accident-signभोटेचौर (सिन्धुपाल्चोक), २४ जेठ । मेलम्चीबाट गिट्टी लिएर काठमाडौं आउँदै गरेको टिपर आज बिहान सिन्धुपाल्चोक र काठमाडौँको सीमा नजिकै लप्सेफेदीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट गिट्टी लिएर काठमाडाँै जाँदै गरेको बा३ख ७७९२ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक सिन्धुपाल्चोक बाँसबारी–२ बाहुनेपाटीका चन्द्रबहादुर माझीको ज्यान गएको प्रहरी चौकी भोटेचौरका प्रहरी सहायक निरीक्षक प्रदीप गिरीले जानकारी दिनुभयो ।

उकालो बाटोमा ब्याक गर्नेक्रममा सडक भासिएर टिपर सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनापछि नजिकै रहेको भोटेचौर चौकीबाट उद्धारमा गएको प्रहरीले सहयोगी चालकलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडाँै पठाएको छ ।

प्रतिक्रिया