विषाक्त च्याउ खाएर चार जना बिरामी

इनेप्लिज २०७२ जेठ २३ गते १६:०७ मा प्रकाशित

chauसुरुङ्गा (झापा), २३ जेठ । आज बिहान १० बजे खाना खाने बेलामा विषाक्त च्याउ खाँदा झापामा चार जना बिरामी भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार गरामनी–४ निवासी ३८ वर्षीय विकास राई, उनकी श्रीमती २६ वर्षीया सञ्जु राई, भतिजाद्वय १८ वर्षीय श्री राई र १५ वर्षीय सिद्धार्थ राई च्याउ सेवनबाट बिरामी भएका हुन् ।

खेतमा उम्रिएको च्याउको तरकारी बनाएर खाएलगत्तै उनीहरुलाई वाकवाकी लागेको र बान्ता भई सिकिस्त बिरामी भएपछि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुरतर्फ लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

विषाक्त च्याउ सेवनबाट बिरामी परेका उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया