भूकम्पपीडितका लागि अमेरिका बस्ने नेपालीद्वारा १९ लाख ८२ हजार सहयोग

इनेप्लिज २०७२ जेठ २३ गते १:२१ मा प्रकाशित

 

unnamed (1)

काठमाडौं । नुवाकोट तथा अन्य जिल्ला स्थायी घर भै हाल अमेरिकामा बस्ने करिब ९९ जना नेपालीले भूकम्पपीडितका लागि संकलन गरेको १९ लाख ८२ हजार ८५ रुपैयाँ ६२ पैसा आज हस्तान्तरण गरिएको छ । यशोदादेवी भगवानसिंह केसी वृद्धाश्रममार्फत अमेरिकामा रहनुभएका बृद्धाश्रमका अध्यक्ष धनञ्जयनरसिंह केसीको पहलमा अमेरिकाबासी मनकारी नेपालीहरुबाट संकलित सो रकम आज यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टलाई हस्तान्तरण गरिएको हो । बृद्धाश्रमका उपाध्यक्ष उपेन्द्र कुँईँकेल र कोषाध्यक्ष स्वर्णीमा केसीले ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीलाई १९ लाख ८२ हजार ८५ रुपैयाँ ६२ पैसा बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौंमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरी ट्रस्टका अध्यक्ष डा. केसीले ट्रस्टलाई प्राप्त रकममध्ये ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा र बाँकी रकम नुवाकोटका विभिन्न गाविसका स्कुल निर्माण तथा जस्तापाता खरिदमा खर्च गर्ने बताउनुभयो । उहाँले अमरिकामा बसेका मनकारीहरुलाई विशेष धन्यावाद व्यक्त गर्दै प्राप्त रकमको एक पैसा पनि गलत ठाउँमा खर्च नहुने भन्दै अमेरिकामा बस्ने नेपालीहरुले जुन उद्देश्यले राहत रकम पठाएका छन्, उहाँहरुको उद्देश्य परिपूर्ति गरिछाड्ने विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रममा ट्रष्टका संरक्षक एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुक महाविपत्तिमा परेका बेला सबैले सम्पूर्ण राष्ट्र र जनता एकताबद्ध भएर राहत र पुनःनिर्माणमा जुट्नुपर्ने बताउनुभयो ।उहाँले, आउँदा दिनमा ट्रस्ट्रलाई सबैको साझा संस्था बनाउन पहल थाल्ने भन्दै अहिले प्राप्त रकमलाई दुरुपयोग नगर्न र लक्षित समूहमा पु-याउन ट्रष्टलाई आग्रह गर्नुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय एकता र सहयोगी भावनाको विकास गर्नसकेमात्रै समाजसेवा हुने बताउनुभयो । कार्यक्रममा पूर्वसभाषद् गणेश पण्डितले ट्रस्टले प्राप्त गरेको राहत रकमलाई पारदर्शी ढंगले पत्रकार सम्मेलन गरी जनकारी गराउनु सराह्रनीय काम भएको भन्दै अरुले पनि ट्रस्टबाट सबैले सिक्नुपर्ने धारणा राख्नुभयो । यस्तै, ट्रस्टका महासचिव एवं सभासद् जगदिश्वरनरसिंह केसीले ट्रस्ट राजनीतिभन्दा माथि उठेर काम गर्न अग्रसर रहेको भन्दै  निःस्वार्थ भावनाले प्राथमिकता र आवश्यकताको पहिचान गरी राहत सामग्री वितरण गर्दै आइरहेको जानकारी गराउनुभयो ।सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले समाजसेवी यशोदादेवी भगवानसिंह केसीको नाममा स्थापित कोषले समाजसेवामा पु-याएको भूमिकाका मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ । त्यस क्रममा बृद्धाश्रमका अध्यक्ष धनञ्जयनसिंह केसीको मन्तव्य युवा पत्रकार प्रतीक लामिछानेले बाचन गरेर सुनाउनुभएको थियो भने चन्दादाताहरुको नामावली कोषकी कोषाध्यक्ष स्वर्णीमा खत्रीले पढेर सुनाउनुभएको थियो ।सो कार्यक्रममा कोषका संरक्षण नारायणनरसिंह खत्री, प्रजातान्त्रिक विचार समूहका उपाध्यक्ष कुलचन्द्र वाग्ले, कोषका कोषध्यक्ष महेश्वरनरसिंह केसी, समाजसेवी गणेश पण्डित तथा बृद्धाश्रमका उपाध्यक्ष उपेन्द्र कुँईकेलले अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको राहत रकमलाई नुवाकोटका भूकम्प पीडित जनताको हितमा खर्च गर्न लाग्नु निक्कै सराहनीय काम भएको बताउनुभयो । कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, नुवाकोटका स्थानीय, तथा कोष बृद्धाश्रमका सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

काठमाडौंको दियालो फुडल्याण्डमा भएको सो कार्यक्रम अत्यन्तै सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो । कोषले प्राप्त गरेको रकम विभिन्न विद्यालयहलाई छिट्टै पत्रकार सम्मेलन गरी हस्तान्तरण गर्ने जनाएको छ । भूकम्पबाट नुवाकोट जिल्लामा ६८ हजार घर क्षति भएका छन् भने ४८६ विद्यालय भवन भत्किएका छन् ।

unnamed

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भूकम्प पीडितका लागि नगद सहयोग गर्नुहुने महानुभावहरुको नामावली यसप्रकार रहेको छ

 

 

 

प्रतिक्रिया