स्याउ उत्पादन बीस प्रतिशतले घट्ने

इनेप्लिज २०७२ जेठ २२ गते १२:२३ मा प्रकाशित

downloadमुस्ताङ, २२ जेठ । मुस्ताङमा यस वर्ष करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने भएको छ ।

प्रतिकूल मौसमका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जनाएको छ । स्याउको फूल फुल्ने बेलामा लगातार हिमपात र पटक–पटक परेको असिनापानीका कारण स्याउका दाना कम लागेको कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो ।

मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायतको ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुने गरेको छ । “असोजपछि निरन्तरको हिमपातले धेरै असर ग¥यो, उत्पादन घट्ने भएपछि किसान उत्साहित देखिँदैनन्”, उहाँले भन्नुभयो – “असिनापानीबाट पुगेको क्षतिको विवरण सङ्कलन हुँदैछ ।”

उत्पादन घटेपछि किसानले मूल्य बढाउन तयारी गरेका छन् । गत वर्ष प्रतिकिलो रु ६० मा बिक्री गरेका किसानले यस वर्ष रु ७० सम्म पु¥याउने तयारी गरेका छन् । मुस्ताङमा पछिल्लो समय व्यक्तिगतभन्दा सामूहिक र सहकारीको माध्यमबाट स्याउखेती गर्ने परम्परा बढ्दै गएको छ ।

प्रतिक्रिया