संविधानपछि राष्ट्रिय सरकार: गजुरेल

इनेप्लिज २०७२ जेठ २२ गते १२:१९ मा प्रकाशित

Haribol-Gajurelपथरी (मोरङ), २२ जेठ । एकीकृत नेकपा माओवादीका केन्द्रीय कोषाध्यक्ष हरिबोल गजुरेलले नयाँ संविधान जारी भएपछिमात्र राष्ट्रिय सरकार बन्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकारसङ्घ मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले जतिसक्दो चाँडो संविधान जारी गरी देशको पुनःनिर्माणका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

संविधान जारी गर्ने विषयमा प्रमुख दल सहमति नजिक पुगेको उल्लेख गर्दै नेता गजुरेलले संविधान जारी भएपछि सबै दलको सहमतिमा राष्ट्रिय सरकार बन्ने बताउनुभयो ।

संविधान निर्माण गर्ने दायित्वबाट कोही पनि पछि हट्न नहुने उल्लेख गर्दै उहाँले देशमा आइपरेको विपत्तिको सामना गर्न असार पछाडि सबै दलको सहभागितामा राष्ट्रिय सरकार निर्माण गरी मुलुकलाई पुनःनिर्माणको बाटोमा लानुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया