अमेरिकामा अबिबाहित एकसाथ बस्नु अबैधानिक

इनेप्लिज २०७२ जेठ २२ गते १:५० मा प्रकाशित

bijay-2

सुन्दा आश्चर्य लाग्न सक्छ l अपत्यारिलो जस्तो पनि भान हुन्छ l यो कुरा हुनै सक्दैन भनि खोज र अनुसन्धान पनि गर्न मन जान सक्छ l अमेरिका जस्तो स्वतन्त्र मुलुकमा के यस्तो सुन्नु पर्यो भन्ने सबैको मस्तिष्क खल बलिने पनि हुन् सक्छ l कौतुलता जाग्न सक्छ l

अबिबाहित केटा या केटि ,पुरुष या महिला अमेरिकामा पनि बिबाह नगरी संगै साथ बस्ने पद्धतिलाई गैर कानुनी या अबैधानिक ठानिन्थ्यो l भर्जिनियामा दुई बर्ष अगाडी मात्र अबिबाहित केटा या केटि साथ बसेको कसैले अभियोग लगाई दिए मात्र कानुनको फन्दामा पर्न सक्थे l कसैले उजुरी या नालिश हाली दिए अड्डा अदालतको चक्कर लगाउनु पर्थ्यो l अमेरिका स्वतन्त्र हुने बितिकै बिबाह नै नगरी संगै बस्ने परिपाटी आएको कदापी हैन l

अमेरिका १९६० भन्दा अगाडी केटा या केटि बिबाह नगरी संगै बस्ने भन्ने असम्भव थियो l आश्चर्य लाग्न स्वाभाविक हुन्छ ,१९६० ताका बिबाह नगरेका युवा युवती कुनै पनि अतिथि गृह ( होटल )मा नाम दर्ता गराउन धरै कठिन हुन्थ्यो ,बास बस्न लाई समस्या हुन्थ्यो l कोठा दिइदैन थियो l अबिबाहित जोडीलाई घर किन्नलाई पनि ज्यादै कठिन हुन्थ्यो किनभने सामाजिक तवरले तत्कालिन समयमा अर्कै दृष्टिकोणले हेरिन्थ्यो l

केवल २ बर्ष अगाडी सम्म पनि अमेरिकाका ४ राज्यहरु मिसीसिपि ,फ्लोरिडा ,मिचिगन र नर्थ क्यारोलिनामा अबिबाहित जोडी साथ बस्नु भनेको गैर कानुनी थियो l

अमेरिका विकासले चरम चुलीमा पुगेको छ l कानुनले धेरै कुरा स्वतन्त्र दिएको छ l मानिस स्वतन्त्र पनि चाहान्छन l अमेरिकालाई बाहिर दुनियाले स्वतन्त्रको हकमा ज्यादै स्वतन्त्र भएको देख्दछन र छाडा पनि मान्दछन l अमेरिकाक ६ वटा राज्यहरु इडाहो,उथाह,साउथ क्यारोलिना ,मिनासोटा ,म्यासा चुटेस र इलिनियोमा अझ पनि व्यभिचार पूर्ण गैर कानुनी छ l

बिना बिबाह पुरुष तथा महिला एक छत मुनि संगै बस्ने पद्दतिलाई अंग्रेजीमा कोहाबिटेसन भनिन्छ भने नेपालीमा सह-बसोबास भन्ने गरिन्छ । तर व्यापक अर्थमा महिला महिला र पुरुष पुरुष पनि बिना बिबाह संगै बस्ने व्यापक भएकोले को-ह्याबिटेसनले पुरुष र महिला मात्र संगै नभै यिनीहरुलाई पनि जनाउछ

कैयौ युवा युवतीहरु यसरि घरजम गरेता पनि यो बैधानिक छ या अबैधानिक भन्ने कुराको ज्ञान नै छैन किनभने कहिले देखि यो चलन अस्तित्व आयो l कसले ल्यायो भन्ने एकिन छैन । यस तर्फ संगै बसोबास गर्ने स्त्री र पुरुषहरुलाई चासोको बिषय नै भएन किनभने प्रहरी प्रशासनले कारवाही गरेको सुन्य नै बराबर रहेको देखिन्छ ।

सन् १८७७ राष्ट्र मण्डलमा यो चलनलाई अपराध मानिन्थ्यो l सन् २०१३ मा मात्र अमेरिकाको भर्जिनिया राज्यका सिनेटहरुले १३६ बर्षे पुरानो कानुनलाई खारेजी गरि नया कानुन पारित गर्न जनवरी २८ ,२०१३ देखि सुनवाई गर्ने र अनुमोदन गर्ने दिशा तर्फ लागे । भर्जिनिया राज्यमा अबिबाहित युवा युवतीहरु बिबाह नगरी संगै बस्नु पनि अबैधानिक हो भन्ने सुन्दा आश्चर्यमा परेका थिए किनभने उनीहरु यस्तो कानुन रहेको थाहा नभएको बताएका थिए । अमेरिकामा ७० दशक ताका संगै पुरुष र स्त्री एकै छत मुनि बस्नु भनेको असाधारण मानिन्थ्यो l

विश्वका कैयौ मुलुकमा यसरि एउटा छत् मुनि बस्ने चलन रहेता पनि कैयौ राष्ट्रहरुमा धर्म ,परम्परागत जीवन शैली ,अन्य कारणबाट यो प्रचलन प्रतिबन्धित छ । मुसलमानहरु बसोबास भएको मुस्लिम राष्ट्रहरुमा धर्म र अन्य कारणबाट बन्चित बन्न पुगेको छ । इन्डोनेसियाले दण्ड कानुन तैयार गरेको छ । सजायको भागीदार पनि बन्नु पर्ने हुन्छ र झ्यालखाना समेत जानु पर्छ ।

२० औ शताब्दी देखि अमेरिकामा सह-बसोबास प्रचलन सामान्य रुपमा भएको भेटिन्छ भने अमेरिकाको ७ वटा राज्यहरुमा सह-बसोबास बिरुद्ध कानुन पुस्तकमा मात्र सिमित छ । लगभग शिथिल अवस्थामा भएको र कार्यन्वयन हुन् सकेको छैन l

अमेरिका जस्तो मुलुक जागिरको भरोसा नहुने हुनाले बचत गर्ने उदेश्य साथ समझदारीमा अबिबाहित भए पनि संगै बसी जीवन यापन गर्न र पारपाचुकेको कारण ठुलो आर्थिक क्षति बेहर्नु पर्ने आदि ईत्यादी कारण झन्डै अमेरिकामा ८० लाख युवा युवती सह -बसोबास अर्थात् बिना बिबाह बसेको तथांकले देखाएको छ l

अविवाहित स्त्री या पुरुष संगै बस्ने चलन संसार भर विस्तार हुदै छ भने अमेरिकामा झन् फक्रदै छ l केवल २ बर्ष अगाडी देखि यो कानुनी किचलो बाट बिशेष गरि डिसी महानगर क्षेत्रको भर्जिनिया रहने समुदायहरु मुक्त भएका छन् l यसले अनादि काल देखि चल्दै आएको परम्परागत पवित्र बिबाह पद्दतिलाई बिस्थापित गरि दिन्छ । परम्परागत बिबाह संकटमा परि सकेको देखिन्छ । बिश्वका केहि मुलुकले अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मान्दछन भने अधिकांस देशमा सामान्य रुपले हेरिन्छ l

…………………………………………………………………..अस्तु !

प्रतिक्रिया