रिचार्ज कार्डसहित तीन पक्राउ

इनेप्लिज २०७२ जेठ २१ गते ४:४५ मा प्रकाशित

pakraauगौशाला, २१ जेठ । महोत्तरी प्रहरीले गएराति जिल्लाको धमौरा गाविसबाट हजारौंको रिचार्ज कार्डसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धमौरा गाविस–८ बस्ने २७ वर्षीय जीतेन्द्रकुमार शर्मा, २५ वर्षीय शनाउल्लाह अन्सारी र वडा नम्बर ९ बस्ने १७ वर्षीय हैदर राईन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेकाका साथबाट प्रहरीले एनटिसीको रु १०० को १९ थान, एनसेलको रु १०० का १९० थान, रु ५० का ३८० थान, रु ३०० का २० थान र रु ५०० का १० थान रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका तीनै जनाले धमौरा गाविस–८ मा अवस्थित अन्जनी मेडिकल हालबाट रातिको बेला ताल्चा फुटाई रु १९ हजार ९०० मूल्यको रिचार्ज कार्ड र रु ५५५ नगद चोरेको थियो ।

उनीहरुलाई चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया