काठमाडौँ, १९ जेठ । सर्वोच्च अदातलका पूर्व न्यायाधीश हिरण्यश्वरमान प्रधानको ८७ वर्षको उमेरमा आज धापासीस्थित उहाँकै निवासमा निधन भयो ।
विसं १९८४ मा काठमाडौँको भगवान बहालमा जन्मनुभएका भएको थियो ।
न्याय परिषद् पूर्व सदस्य समेत रहेर सेवा गर्नुभएका पूर्व न्यायाधीश प्रधानलाई श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसहित सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, नेपाल वार एसोसिएसनका पदाधिकारी, कानुन व्यवसायी जानुभएको थियो ।
मुलुकले काुनन क्षेत्रको विज्ञ गुमायो
प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको अध्यक्षतामा सर्वाेच्च अदालतमा आज बसेको आकस्मिक बैठकले पूर्व न्यायाधीश प्रधानको निधनबाट मर्माहत भएको र मुलुकले सच्चा राष्ट्रप्रेमी र कानुन क्षेत्रको विज्ञ गुमाएको बताएको छ ।
अदालतले एक प्रेस विज्ञप्ति जारी गरी न्याय क्षेत्रले कुशल न्यायकर्ता, न्यायिक स्वतन्त्रताको हिमायती प्रधानले कानुनको क्षेत्रमा पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहने र दिवङ्गत न्यायाधीश आत्माको चीरशान्तिको कामना गरेको छ ।
पूर्व न्यायाधीश प्रधान सर्वोच्च अदालतमा २०४३ असार २६ गते नियुक्त हुनुभएको थियो भने २०४७ कात्तिक २३ गते अवकाश लिनुभएको थियो । नेपाल कानुन पत्रिकाको पहिलो सम्पादक पनि हुनुहुन्थ्यो ।
प्रतिक्रिया